सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा, जेठ १ । डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका विभिन्न खानेपानीका योजनाहरूको पानीमा दिसामा हुने किटाणु (कोलिफर्म) भेटिएको छ ।
अमरगढी स्वास्थ्य शाखाका अनुसार अमरगढी नगरपालिकाभित्र रहेका १० खानेपानी आयोजनाबाट धारामा आउने अधिकांश ठाउँको पानीमा ‘कोलिफर्म’को मात्रा अत्यधिक रहेको भेटिएको हो । सबैभन्दा बढी अमरगढी नगरपालिका–१० मा रहेको स्याउले खानेपानी योजनामा मात्रै १०० युनिट माथि र मुसे खानेपानी योजनाकम ८२ युनिट कोलिर्फम रहेको देखाएको छ ।
सबैभन्दा कम सदरमुकामको खलङ्गा खानेपानी उपभोक्ता समितिद्वारा संचालित खानेपानी योजनाको एक युनिट मात्र पानीमा रहेको खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघिय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रशाद पौडेलले जानकारी दिए ।
त्यस्तै ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट, र सहश्रलिङ्ग खानेपानी योजनामा ५५ युनिट कोलिर्फमको मात्र भेटिएकाले पानी सिधैं पिउन अयोग्य हुने पानीको गुणस्तर परिक्षण रिर्पाटले देखाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिए । यो मात्रा १ सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएको हो । उनका अनुसार यहाँको पानी परिक्षणका लागि खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघिय खानेपानी प्रयोगशाला धनगढीमा पठाइएको थियो ।
परिक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको हो । घटाल खानेपानी योजना, दुधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना, उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा ‘कोलिफर्म’ भएपनि पिउन योग्य भएको तर उमालेर पिउन उच्चतम हुने स्वास्थ्य शाखा सह–संयोजक विष्टले दिए । मुहानमा लामो समयसम्म पनि सरसफाइ नहुँदा दिसामा हुने किटाणु ‘कोलिफर्म’ पानीमा फेला परेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायतका महामारीजन्य रोगको सङ्क्रमण हुने गर्दछ । गर्मी समय यो खतरा बढी हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा