सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको विषयमा तनाव उत्पन्न भएको छ। बुधबार मन्त्री मातृका यादवको निजी सिचवालयमा झण्डै हात हालहालको अवस्था आएको मन्त्रालय स्रोतले जनाएको छ।
सरुवामा विधि मिचेको भए कारबाही गर्नेसम्मको प्रतिबद्धता मन्त्री यादवले पटकपटक गरेपछि भने अहिले शान्त भएको बताइएको छ। मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेको जनाइएको छ।
कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ। उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।
त्यसविषयमा मन्त्री यादवले आफ्नो ध्यानाकर्षण भएको र गल्ती भए सच्याउने र गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको युनियनका एक नेताले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा