भर्खरै

जेठ १ देखि २५ सम्म आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन खुला


 May 15, 2019     सेतो खबर

काठमाडौँ, जेठ १ । जेठ १ गतेदेखि सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन खुला गरेको छ । २०१९ सम्मको गरी यो अवार्ड चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्नुपर्ने छ ।

हरेक बर्ष लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएका यस आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ । आइसिटी अवार्ड २०१९ मा यस वर्ष विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ ।

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड रहेका छन् । यसैक्रममा यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको छ ।

जेठ १ देखि २५ गतेसम्म अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिले जनाएको छ । हेमपाल श्रेष्ठाका अनुसार असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने  जानकारी दिए।

यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रुपमा रहने जनाइएका छन् । आयोजक समितिका संयोजक राजन लम्सालका अनुसार अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने जानकारी दिए।

यस वर्षको आइसिटी अवार्डका लागि आयोजक समुहले ४ महिना अघिदेखि नै तयारी सुरु गरेको जनाइएको छ । अवार्डको प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरेको समेत जानकारी दिए।

स्थानीय स्तरहरुमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरुलाई प्रर्वधन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरेको बताए । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी लग इन गर्नुपर्ने जनाएको छ।

LIC
LIC
LIC



Ime Inside