सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रायटर । अमेरिकाका दिग्गज गोल्फर टाइगर वुड्सको रेष्टुरेन्टमा काम गर्ने एक जनाको मुत्यु भएपछि मृतकको परिवारले वुड्स, उनकी प्रेमिका र उनको कम्पनि माथि अभियोग दर्ता गराएका छन् ।
पछिल्लो बर्ष १० डिसेम्बरमा निकोलस इममेसवर्गर नामका ब्यक्तिको मुत्यु भएको थियो । मृतकका परिवारहरुले वुड्स र उनको रेष्टुरेन्टमा काम गर्ने ब्यक्तिहरु माथि उनलाई धेरै मदिरा पिउन र गाडी चलाउनबाट नरोकेको आरोप लगाएका छन् ।
ति ब्यक्ति द वुड्स एण्ड बारमा काम गर्थे जसको मालिक वुड्स हुन् । सोमबार यो रेष्टुरेन्टमा इस्मेसबर्गरको हत्याको केस दर्ता गरीएको छ । इस्मेसबर्गर यो रेष्टुरेन्टमा बारटेंडरको काम गर्दथे । यो केस मृतकका आमा–बुबाले गराएका हुन् । इममेसबर्गरको शिफ्ट तीन बजे सकिन्थ्यो तर त्यसपछि पनि उ बारमा बसेर मदिरा पिइरहे र बेलुका करिब ६ बजे उनको कार दुर्घटनामा मुत्यु भएको हो ।
उजुरीमा भनिएको छ कि इममेसबर्गरको रगतमा मदिराको मात्रा सीमाभन्दा धेरै थियो र उ ७० किलोमिटर प्रतिघण्टाको गतिमा गाडि चलाइरहेको थियो । उता वुड्सले भनेका छन कि निकको मुत्युले हामी सबै दुःखी छौ । म उ र उनका परिवारको लागी दुखी छु ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा