सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १ । आजबाट लगानीकर्ता लाई आकर्षित पार्न सरकारले एकल बिन्दु सेवा केन्द्र शुरु वा ‘बन्द ढोका’ खोलेका छन् । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एकल विन्दु सेवाको उद्घाटन गरेपछि औपचारिक रुपमा शुरु भएको छ ।
यसअघि सरकारले लगानीकर्तालाई ढोका थुनेर लगानी गर्न बोलाउने गरेको आरोप समेत लगाउदैँ आएको थियो। विदेशी तथा स्वदेशी लगानीकर्ताले विभिन्न निकायको ढोका चाहनुपर्ने तर काम समयमै नगरिदिँदा लगानीकर्ताहरु निराश हुने अवस्था थियो ।
यसको साथ-साथै लगानीकर्ता लगानीनै नगरी फर्कने अवस्था समेत सिर्जना भएको थियो । लगानीकर्ताले लगानीको सहज वातावरण बनाउन एकल विन्दु सेवाको माग गर्दै आएकोमा बल्ल उनीहरुको माग सम्बोधन भएको छ ।
एकल विन्दुसेवाको शुरुसँगै एउटा उद्योग दर्ता गर्दा लगानीकर्ताले पाउनुपर्ने सास्तीको अन्त्य भएको मन्त्री यादवले बताए । मन्त्री यादवले भने, ‘पहिला सरकार लगानी गर्न बोलाउँथ्यो तर ढोका थुनेर बस्थ्यो र लगानीकर्ताहरु झ्यालबाट छिर्नुपथ्र्यो ।
झ्यालबाट छिर्नेलाई चोरको जस्तो व्यवहार हुन्थ्यो तर अब ढोका खुलेको छ । पूर्णरुपमा भने खुल्न बाँकी नै छ किनकी यहाँ अलिअलि खिया छ । त्यसलाई हटाएर सेवामा सहज बनाउँछौ ।’
कर्मचारीहरु सेवाग्राही आउँदा शिकार आएजस्तो गर्ने र कागजपत्र बोकाएर घुमाएको घुमाएकै गर्ने गरेको भन्दै मन्त्री यादवले अब शासक होइन सेवक बन्नुपर्ने उल्लेख गरेका छन् । राष्ट्र बैंक, भूमिसुधार मन्त्रालय लगायतले एकल विन्दु सेवा कार्यालयमा आफ्नासेवा दिनका लागि कर्मचारी पठाइसकेकोे उद्योग सचिव यम कुमारी खतिवडाले बताइन्।
एकल विन्दु सेवा भनेको के हो ?
परियोजनाको अनुमति, समझदारी पत्र, लगानी अनुमति र सम्झौता लगायत काम गर्ने र परियोजनालाई सहजीकरण गर्ने उदेश्यले एकल बिन्दु सेवा शुरु गरेको हो ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहने एकल विन्दु सेवामा ८ वटा युनिटहरु रहनेछन् । यसमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, भिषा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजस्व प्रशासन र कानुन इकाइ रहनेछ ।
एकल विन्दु सेवा केन्द्रले उद्योग दर्ता गर्नुअघिका काम देखि उद्योग दर्ता भइसकेपछि त्यसको सञ्चालन प्रक्रिया र उद्योग बन्द भइ लगानी झिक्नु पर्ने अवस्थासम्म सबै सरकारी सेवा, सुविधा र सहुलियत एकै ठाउँबाट दिइनेछ ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममा एकल विन्दु सेवा जेठ एक गतेबाटै सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुरुप सेवा शुरु भएको हो ।
एकद्वार प्रणालीको खाका मन्त्री परिषदबाट पारित भइ राजपत्रमा समेत प्रकाशित भएको छ । एकल विन्दु सेवाको भवन उद्योग विभाग परिसर त्रिपुरेश्वरमा छ । यसको सम्पूर्ण निर्माण कार्य नसकिएपनि निर्माण भएको भुइतल्लाबाट सेवा शुरु हुन्छ ।
उद्योग विभागका महानिर्देशक केन्द्रका कार्यकारी
एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागका महानिर्देशकलाई कार्यकारी प्रमुखको जिम्मा दिइएको छ । यस अन्र्तगत आठ वटा इकाइ रहेने छन् । भन्सार तथा राजस्व इकाइमा ३ जना, पूर्वाधारमा (उर्जा तथा सञ्चार समेत) ४ जना, जग्गा सहजीकरण इकाइमा २ जना, उद्योग दर्ता इकाइमा ६ जना, वातावरण इकाइमा ५ जना, विदेशी विनिमय सहजीकरण इकाइमा १ जना प्रशासन तथा कानुन इकाइमा १६ जना गरी ४१ जनाको दरबन्दी रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा