सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १ । राजधानीमा आयोजित एक कार्यक्रममा सिर्जनशील कवि युवराज अधिकारीको पहिलो गीतिसंग्रह (एल्बम) ‘देउरालीको फूल’ सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको उपस्थितिका बिच अधिकारीको एल्बम सार्वजनिक गरेको हो ।
नेता खनालले एल्बममा रहेका गीतहरुले आफ्नो मनो भावलाई छोएको सो कार्यक्रममा बताए ।
उनले स्तरिय गीत संगीतको अभाव भइरहेको समयमा यस्तो गीत बजार भित्रिनु सुखद हुने धारण समेत व्यक्त गरेका छन् ।
सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल र स्वरूपराज आचार्य, प्रमोद खरेल र मिना निरौलाले स्वर दिएका छन् ।
नेपालवायु सेवा निगमको जागिरे भएता पनि उनी नेपाली गीत, कथा र कविता बेलाबेलामा समय मिलाएर कलम चलाउदैँ आएको छ ।
एल्बम ‘देउरालीको फूल’ का तीन गीतको भिडियो समेत निर्माण गरेका छन् । यस गीतहरु मध्य ‘आँशु आफैं’ बोलको गीतको म्युजिक भिडियो अत्याधिक लोकप्रिय बन्न पुगेको छ।
१६ वर्षको उमेरमै ‘मेरो चित्कार’ कविता संग्रह बाहिर ल्याएका अधिकारी अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य समेत हुन पुगेको छ।
उनका कविता बेला बेलामा ‘मधुपर्क’मा पनि प्रकाशन हुँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा