सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीका र ईरान बिचको तनाव चरम उत्कर्षमा पुगेको छ । डोनाल्ड ट्रंपको सरकार जसरी निर्णय लिइरहेका छन त्योबाट अनुमान लगाइएको छ कि अमेरीका–ईरानबिच युद्ध हुन सक्छ । यद्यपी, साउदी अरबको तेल ट्याङकरमा आक्रमण भएको छ ।
साउदी अरबको तर्फबाट जारी गरीएको बयानमा भनिएको छ कि संयुक्त अरब इमीरेट को जलक्षेत्रमा उसको २ वटा तेल ट्याङकरलाई निशाना बनाइयो, जसबाट धेरै नोक्सान भयो । यो घटना यस्तो समय घटेको छ जब अमेरीकाका विदेश मन्त्रि माइक पोम्पियोले आफनो मस्कोको प्रस्तावित यात्रा रद्ध गरीदिए र ईरानमाथि युरोपिय अधिकारीसँग चर्चाको लागी ब्रसेल्स गएका छन् । अमेरीकालाई सन्देश छ कि यो काम ईरानले गरेको हो ।
यद्यपी, ईरान सरकार यो आक्रमणलाई लगातार इन्कार गर्दे आईरहेको छ । अमेरीका र ईरान बिच तनावको अवस्थाले भारतमा पेट्रोलियम पदार्थको दाम बढ्ने संकेत रहेको छ जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्नेछ ।
भारतलाई तेल निर्यात गर्ने ईरान तेस्रो ठुलो देश हो । चीनपछि भारत ईरानबाट तेल खरीद गर्ने दोस्रो ठुलो देश हो । भारत आफनो देशको तेल खपतलाई पुरा गर्नको लगाी ८० प्रतिशत ईरानमाथि निर्भर गर्दछ । अमेरीकासँग नजिकिएको कारण भारत–ईरान सम्बन्धमा पनि असर पर्न सक्दछ ।
अमेरीका लगातार भारत मािथ ईरानसँग तेल खरिद नगर्नको लागी दबाब बनाइरहेको छ । यद्यपी, अमेरीकाले आश्वासन दिएको छ कि उ भारतमा तेलको सप्लाई साउदी अरबबाट पुरा गराउनेछ । साउदीको तेल ट्याङकरलाई नोक्सान पुर्याए पश्चात राष्ट्रपति डोनाल्ड ट्रंपले भनेका छन कि ‘हामी हेरिरहेका छौ कि ईरानसँग के हुन्छ । यदि ईरान केही गर्छ भने यो उसको लागी ठुलो भुल हुनेछ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा