भर्खरै

तिन दिनको मौसम पुर्वानुमान : मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना


 May 15, 2019     सेतो खबर

काठमाडौँ,  देशका पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहितका ठाउँमा आज बिहानैदेखि घाम लागे पनि दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ ।

यस्तो छ तिन दिनको मौसम पुर्वानुमान

जेष्ठ ०१ गते (बुधबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशका पुर्वि भु-भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०२  गते (बिहिबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ ।  देशका पुर्वि भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ० गते (शुक्रबार):

 दिउँसो: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशका पहाडका भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ।

 

LIC
LIC



Ime Inside