सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / अछाम, जेठ १ । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञाात समुहले आगजनी गरेको छ ।
नगरपालिकाको बा १ ज ३६९४ नम्बरको जिपमा राती २ बजे तिर आगजनि गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए ।
नगरपालिकाका प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार गाडीमा आगलागी नभई आगजनी नै गरिएको हो । नगरपालिका कार्यालय परिसरमै राखिएको गाडीमा राती अचानक आगजनी गरिएको बताए ।
डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसक्यो बताए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा