सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोबिन्द सोडारी / अछाम बैशाख ३० । अछामको कालागाउँमा अवस्थित कैलाश बहुमुखी क्याम्पसको १० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कैलाश बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष नयन सोडारीको अध्यक्षतामा भएको बार्षित्सव कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक तथा मामिला मन्त्री झपट बोहरा प्रमुख अथिति रहनु भएको थियो ।
संञ्चालन समितिका उपाध्यक्ष पुष्प भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख हेमराज खनालले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने भरत बहादुर सोडारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । भुतपुर्व सञ्चालक समितिका सम्पुर्ण पदाधिकारीहरु सम्मान समेत गरीएको थियो ।
कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधि, समाज सेवि, गाउपालिका तथा वडाका प्रनिनिधि, बिद्यार्थी, अभिभावकहरु को समेत उपस्थिति रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा