सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३१ । मिडिया काउन्सिल विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार सदनमा बोल्दै संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरेका छन् ।
खाँणले प्रश्न गरे ‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ। तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने ?
उनले गत बिहीबार सदनमा सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरकारले नै फिर्ता लिनुपर्ने बताएका थिए ।
उनले भने, ‘फर्काएर लैजानुस् विधेयक,’ । सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ता लिन माग गरेका हुन ।
मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन पनि आन्दोलनमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा