सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पेट्र । आफनो नौसेनालाई बलियो गर्नमा जुटेको चिनले पछिल्लो हप्ता २ वटा मिसाइल विध्वंसक युद्धपोत नौसेनजामा समावेश गरेको छ । यो टाइप ०५२डी विध्वंसक पोत गएको शुक्रबार दालियानमा नौसेनामा समावेश गरिएको हो । योसँगै चीनसँग यस्ता प्रकारका युद्धपोतको संख्या २० पुगेको छ ।
चीनले यी युद्धपोतमा अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । यो अत्याधुनिक हतियार तथा उपकरणसँगै उन्नत रडार प्रणाली र ६४ भर्टिकल लन्च मिसाइलले सुसज्जित छ । उल्लेखनिय छ कि हिन्द–प्रशान्त क्षेत्रमा आफनो अधिपत्ते जमाउनको लागी चीन आफनो नौसेनालाई तेज रफतारमा विकास गरीरहेको छ ।
एक रिपोर्ट अनुसार, चीनसँग अब २० टाइप ०५२डी विध्वंसक आएको छ जुन या त नौसेनामा सक्रिय छ या चाडै नै नौसेनालाई आफनो सेवा दिनमा लाग्नेछ । सैन्य विशेषज्ञ वेंग डांग्जुका अनुसार भविष्यमा चीनसँग यस्ता ३० भन्दा बढि विध्वंसक हुनेछ ।
यसको अलावा २०१२ मा चीनले आफनो पहिलो विमान वाहक पोत नौसेनामा समावेश गरेको थियो । यही अनुसार दोस्रो पोतको ट्रायल चलीरहेको छ र तेस्रो अहिले विकासित गर्न लागीएको छ । आउन बर्षहरुमा चीनसँग पाँच देखी छ वटा विमान वाहक पोत हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा