सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३० । नेपाल भलिबल सङ्घको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा छैटौँ महिला तथा सातौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।
उक्त प्रतियोगिता आगमी जेठ २३ देखि २५ गतेसम्म पोखरामा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सात प्रदेशको सहभागिता रहनेछ ।
प्रत्येक प्रदेश र विभागीय महिला÷पुरुष दुई–दुई टोली गरी ४० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको महिला र पुरुष पहिलो हुने टोलीले रु. ३० हजार, दोस्रो हुनेले रु. २० हजार र तेस्रो हुने टोलीले रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
आगामी मङ्सिरमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि सङ्घले उक्त प्रतियोगिता आयोजना गर्न लागेको महासचिव चन्दले बताए । खेलाडी छनोट गरी उनीहरुलाई बन्द प्रशिक्षणमा राखिने उनले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा