सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जापानले विश्वको सबैभन्दा तेज बुलेट ट्रेनको ट्रायल शुरु गरेको छ । यो ४०० किलोमिटर प्रति घण्टाको रफतारमा चल्न सक्षम छ । गतिमा यसले चिनमा चल्ने ट्रेनलाई पनि पछाडि पार्नेछ । सीएनएनका अनुसार, शिनकानसेन ट्रेनको एएलएफए–एक्स भर्सनको ट्रेनको ट्रायल शुरु भएको छ ।
जब २०३० मा यसको परिचालन शुरु हुनेछ तब यसलाई ३६० किलोमिटर प्रतिघण्टा (२२४ मील प्रति घण्टा) को रफतारले दौडाइनेछ । यसबाट यो सजिलै विश्वको सबैभन्दा तेज गतिमा चल्ने बुलेट ट्रेन बन्नेछ । यो ट्रेन चीनको फुक्सिंग ट्रेन भन्दा १० किलोमिटर तेज गतिमा दौडनेछ ।
यसको ट्रायल आधा रातपछि हप्ताको २ दिन सेनडाई र ओमोरी स्टेशन बिच गरिनेछ । यी दुबै शहर बिचको दुरी २८० किलोमिटर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा