भर्खरै

आइपिएल २०१९ : उपाधि भिडन्त शुरु, मुंबईले चेन्नई विरुद्ध टस जितेर पहिला ब्याटिङ रोज्यो


 May 12, 2019     सेतो खबर

मुंबईका कप्तान रोहित शर्माले आइतबार चेन्नई विरद्ध उपाधि प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरे । चेन्नईले आफनो टिममा कुनै बदलाव गरेको छैन । भने, मुंबईले आफनो टिममा एक बदलाव गर्दे जयंत यालपको ठाउँमा मिचेल मैक्लेनघनलाई समावेश गरेको छ ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र मुंबईका कप्तान रोहित शर्मा दुबै जनाले आज इतिहास रच्नको लागी केबल एक कदम पछाडि छन् । धोनी र रोहित दुबै नै तिन÷तिन पटक आइपीएलको उपाधि जीती सकेका छन् र जसले आज ट्रफी उचाल्नेछ इतिहासमा चौथो यानी सबैभन्दा धेरै उपाधि आफनो नाम गर्ने रेकर्ड बनाउनेछ । हैदराबादको राजिव गान्धि इन्टरनेशनल स्टेडियममा आइपीएल २०१९ को फाइनल म्याच बेलुका ७ बजेर ३० मिनेट खेलीनेछ ।

चेन्नईले धोनीको कप्तानीमा बर्ष २०१०, २०११ र २०१८ मा आइपीएलको उपाधि आफनो नाम गरेका थिए जबकि रोहितको कप्तानीमा मुबईले २०१३, २०१५ र २०१७ मा उपाधि जितेको थियो ।

पछिल्लो बर्ष यानी २०१८ मा दुई बर्षको प्रतिबन्ध पछि चेन्नईको पुनरागमन भयो र यो टिमले धोनीको कप्तानीमा फेरी सावित गरेको थियो कि अनुभव कहिले पनि फिक्का हुदैन । यो बर्ष धोनीले आफनो टिमलाई तेस्रो पटक उपाधि दिलायो र भने अहिलेको च्याम्पियन हो । अब धोनीको टिम च्याम्पियन बनीरहनेछ वा उपाधि मुंबईको नाम हुनेछ यो त केही समयमा नै्र तय हुनेछ, तर यहाँ एउटा कुरा जरुर उब्जनेछ फाइनलमा मुंबई विरुद्ध चेन्नईको रेकर्ड खिन्न बनाउने रहदै आएको छ ।

पछिल्लो ११ सिजनमा यी दुबै टिम फाइनलमा तीन पटक भिडिसकेको छ जहाँ मुबईले २ पटक र चेन्नईले १ पटक जित हासिल गरेको थियो । पुरै आइपीएल खेलको कुरा गर्ने हो भने मुबईले चेन्नई विरुद्ध कुल १६ म्याच जीतेको छ जबकि चेन्नईले मुंबईलाई ११ म्याचमा हराएको छ । यसको अलावा प्लेअफ र नकआउट म्याचमा दुबै टिमको रेकर्ड ४/४ को छ यानी दुबैले एक–अर्का विरुद्ध ४/४ म्याच जितेको छ ।

इतिहासको आकडा मुंबईको पक्षमा छ भने यो सिजनमा पनि मुबईले चेन्नईलाई तिन पटक हराएको छ । पहिला २ लिग प्रतिस्पर्धामा र फेरी क्वालीफायर एक मा । हरेक पटक धोनीको सेना मुंबईको अगाडि फिक्का देखिएको छ । टसमा यो सिजनमा धोनी धेरै नै लक्कि सावित भएका छन् । उनले १६ म्याचमा कुल १२ पटक टस जितेका छन । चेन्नई आठौँ पटक आइपीएल फाइनलमा पुगेको छ भने रोहितको टिम पाँचौ पटक फाइनलमा पुगेको छ ।

 

LIC
LIC



Ime Inside