सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, बैशाख २९ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पारे ।
आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याए । ‘‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’ उनले भने, ‘सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’
देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उनले दोहोर्याए ।
सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको भौतिक संरचना गौण भएको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षण सिकाइले नमूना हुनुपर्यो शिक्षालाई पैसा कमाउने उद्योगका रुपमा बुझ्ने गलत चिन्तन अन्त्य हुनुपर्ने उनको तर्क छ ।
‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ , अब त्यसको अन्त्य गर्नुपर्छ’ उनले भने,‘अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ ।’
अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भने, ‘अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उनले प्रतिप्रश्न गरे ।
मन्त्री पोखरेलले सिकाइ भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउँदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको जनाएका छन्। -रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा