सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २९ । अबजदेखि यस वर्षको कक्षा ११ परीक्षा सुरु भएको छ।
आज बिहान ७ बजेबाट परिक्षा सुरु भएको र परीक्षामा मोबाईल निषेध गरिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।
यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन्।
जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ।
कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना र काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका छन्।
कक्षा ११ को परीक्षा देशभर ११०७ परीक्षा केन्द्रबाट परीक्षा चलिरहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा