सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २८ । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जेठ ५ गते आम शैक्षिक हड्ताल सहितको संघर्षको कार्यक्रमहरु घोषणा गरेको छ ।
शुक्रबार क्रान्तिकारीका उपाध्यक्ष रुद्र भट्टराईले एक विज्ञप्ति जारी गर्दे अध्यक्ष चिरञ्जीवी ढकालको रिहाईको माग गर्दै आउँदो जेठ ५ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
शुक्रबार काठमाडौँको अनामनगरमा ११ बिद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनबाटै अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरेपछि अखिल (क्रान्तिकारी) ले त्यसको बिरोधमा शैक्षीक हड्ताल सहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
विज्ञप्ति अनुसार, बैशाख २९ गते देशब्यापी कोणसभा गर्ने जनाइएको छ भने जेठ १ गते देशब्यापी विरोध सभा आयोजना गरी ४ गते मसाल जुलुस निकाल्ने बताइएको छ । त्यस्तै जेठ ५ गते विरोध स्वरुप आम शैक्षिक हडताल गर्ने बताइएको छ ।
यस्तो छ विज्ञप्ति
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा