सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २५ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच दिपेन्द्र खनालले नयाँ सिनेमा ‘आमा’ निर्माणको घोषणा गरेको छ।
खनालका अुनसार उक्त सिनेमाको कथा, पटकथा तथा संवाद आफैले लेखेका र सिनेमापनि आफैंले खिच्ने जनाएको छ। यो सिनेमा घोषणा गर्नु अघि उनले ’धनपति’ पनि आफैंले छायाँकन गरेका थिए।
‘आमा’ सिनेमाले एक आमा र छोरीको सम्बन्धको कथा पेस गर्नेछ। सिनेमालाई डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।
काठमाडौं र रामेछापमा छायांकन हुने सिनेमाको सह(निर्माता सन्तोष अधिकारी रहेका छन्। सिनेमामा आमाको शीर्ष भूमिकामा सुर्यमाला खनालले अभिनय गर्नेछिन् भने, छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहने जनाएको छ।
यी दुईका अलावा सिनेमामा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने जनाकारी दिएका छन्। सिनेमाको असार दोश्रो साताबाट फ्लोरमा जानेछ ।
निर्माणपक्षले सिनेमा फागुन ९ गते रिलिज गर्ने घोषणा गरेको छ। निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने सिनेमा निर्माण गर्ने प्रतिवद्धता घोषणा कार्यक्रममा व्यक्त गरेका छन् ।आमा यसअघि बनेका सिनेमा भन्दा फरक कथामा निर्माण गर्न लागेको निर्देशक खनालले खुलाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा