सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ज्याक खड्का/टोकियो, बैशाख २५ । जापान सरकारले जापानी भाषा विद्यालय र विदेशी विद्यार्थीको लागी नयाँ कडा नियम लागू गर्ने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ ।
जापानका आप्रवासन अधिकारीहरूले विद्यालय अनुगमन गर्दै शैक्षिक गुणस्तर उकास्न र नियम विपरित काम गर्ने विदेशी विद्यार्थीलाई बिदाई सम्मको नयाँ नियम ल्याउन लागेका हुन् ।
खराब शैक्षिक स्तर र विद्यालयको लापरबाहीका कारण भाषा विद्यालयहरूको आलोचना हुने क्रम बढेपछि आप्रवासन अधिकारीहरूले नयाँ नियम लागू गर्ने तयारी गरेका हुन् ।
आप्रवासन अधिकारीहरूका अनुसार आधिकांश विद्यालयमा अध्ययनरत बिदेशी विद्यार्थीहरुले अध्ययनको समयमा समेत विद्यालयमा उपस्थित नभई तोकेको भन्दा बढी समय काम गर्ने गरेको गुनासो बढेको छ ।
यो नियम लागू भएपछि अब विदेशी विद्यार्थीहरूले अध्ययन बाहेक बाहिर धेरै समय काम नगरून् वा गर्न नपाऊन् भन्नको लागि आप्रवासन कार्यालयले लागू गर्ने नयाँ नियम विद्यालयहरूले अनिवार्य पालना गर्नुपर्नेछ ।
जस अनुसार हरेक ६ महिनामा कुल विद्यालय समयको कम्तिमा ७० प्रतिशत समय विद्यार्थीहरू कक्षामा अनिवार्य उपस्थित भएको हुनुपर्नेछ । हालको नियममा अनिवार्य उपस्थितिको यो प्रतिशत ५० वा त्यो भन्दा बढी हुनुपर्ने छ ।
तर अब विद्यार्थीहरूलाई ७० प्रतिशत विद्यालयमा उपस्थित गराउन नसकेमा विद्यालयहरूले नयाँ शैक्षिक सत्रबाट थप विदेशी विद्यार्थी भर्ना गर्न पाउनेछैनन् ।
भाषा विद्यालयहरूलाई पढाई स्तर सुधार गर्न र विद्यार्थी उपस्थिति बढाउन कडा नियम बाँध्दै आप्रवासन अधिकारीहरूले विद्यार्थीहरूको परिक्षामा उत्तीर्णको संख्यामा समेत निश्चित प्रतिशत तोकेका छन् ।
जस अनुसार भाषा विद्यालयहरुले कम्तिमा ७० प्रतिशत विद्यार्थीहरुलाई जापानी भाषा प्रविणतामा तोकिएको स्तर पुरा गरेर उत्तिर्ण गराउन सक्नुपर्नेछ ।
यदि लगातार तीन बर्षसम्म यस्तो शैक्षिक स्तरको लक्ष्य पुरा गर्न नसकेमा त्यस्ता विद्यालयहरुको बिदेशी विद्याथी भर्ना गर्न पाउने अनुमति खारेज हुनेछ । शैक्षिक स्तर सुधार गर्न नसक्ने, नियमहरु पालना नगर्ने भाषा विद्यालयहरु बन्द सम्म गराउन सक्नेगरि नयाँ नियम आउने लागेको छ ।
साथै ७० प्रतिशतसम्म विद्यालयमा उपस्थित नहुने विद्यार्थी र तोकिएको समयभन्दा बढी बाहिर काम गरेको पाईएका विद्यार्थीहरु जापानमा थप अध्ययन तथा काम गरेर बस्नको लागि अयोग्य हुनेछन् ।
जसका कारण उनिहरुको भिषा अवधि थप नहुने भन्दै आफ्नो देश फर्कनुपर्ने अवस्था आउने जापानी समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
जापानमा हाल करिव ७ सय ५० वटा जापानी भाषा विद्यालयहरू रहेको आप्रवासन अधिकारीहरूको भनाई छ ।
जापान सरकारले जापानी भाषा विद्यालयहरूको लागि नयाँ नियम सम्बन्धी विस्तृत विवरण यही मे महिनाको अन्तिमसम्ममा उपलब्ध गराउने भएको छ ।
जापान सरकारको आधिकारिक वेवसाईटमा उपलब्ध हुने यस्तो नियम आगामी जुन महिनाबाट सबै जापानी भाषा विद्यालयको लागि लागू हुने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा