भर्खरै

अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै सरकारले ‘मेरो सरकार’ शब्द प्रयोग गर्‍यो : प्रधानमन्त्री



काठमाडौं, बैशाख २४ । सरकारले नीति तथा कार्यक्रममा देखेको ‘सपना देश बनाउने र भविष्यको सपना’ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानए। नीति तथा कार्यक्रमका विषयमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सरकारले देखेको सपना राति निदाएका बेला देखेको जस्तो नभएर दिउँसै देखेको सपना भएको स्पष्टीकरण दिएका छन्।

विपक्षी दलहरुले ‘दिउँसै सपना देखेको’ भनेर नीति तथा कार्यक्रमको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले देश बनाउने सरकारको सपना भएको स्पस्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने, सरकारले देखेको सपना देश बनाउने अठोटको भएको जनाए । उक्त सपना साकार पार्न सरकारले संकल्प र अठोट लिएको जनाए । उनले अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै सरकारले सो शब्द प्रयोग गरेको र शब्द चयनमा सरकारले कुनै भुलचुक र गल्ती नगरेको ‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी राखेको स्पस्ट पारे । अर्थलाई अनर्थ लगाउने गरी व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्रपतिलाईसमेत केही अधिकार दिएको बताए । उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गर्दा त्यसमा आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताए । राष्ट्रपति गरिमामय संस्था भएकाले जुनसुकै दलको सरकार भएपनि राष्ट्रपतिकै सरकार हुने उनको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रममा ‘संविधान सर्वस्वीकार्य भइसकेको’ उल्लेख भएकोबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेका लागि संविधान सर्वस्वीकार्य भएपनि आवश्यकता र औचित्यका आधारमा परिमार्जन गर्दै जान सकिने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न, गतिशील बनाउन र जनताको एकतालाई सुदृढ बनाउन आवश्यकता र औचित्यका आधारमा जहिले पनि संविधान संशोधन गर्न सकिने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा उल्लेख भएको ‘पूर्णलोकतन्त्र’का विषयमा पनि आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको जनाए । सबै क्षेत्रलाई लोकतान्त्रिक बनाउँदै अघि बढ्ने सरकारको प्रतिबद्धतालाई तानाशाही भन्न नहुने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समृद्ध मुलुक बनाउने संकल्प भएको जनाए ।

कतिपय योजना दीर्घकालीन सोचका साथ सरकारले अघि बढाएको भन्दै उनले यसलाई धेरै छलफलको विषय बनाउन आवश्यक नरहेको जनाए । सरकारले मुलुकको समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको, सरकारको पहिलो वर्षमा स्थायित्व कायम गर्न सफल भएको र सुशासनको दिशामा मुलुक अघि बढिरहेको दाबी प्रधानमन्त्री ओलीले गरे।

उनले आर्थिक गतिविधि बढाउने नीति सरकारले लिएको भन्दै कृषि उत्पादन वृद्धि र उद्योग स्थापनालाई प्राथमिकता दिइएको जनाए । यसैक्रममा, व्यापारघाटा कम गर्न उत्पादन वृद्धिमा जोड दिइएको प्रधानमन्त्रीले बताए । यस वर्ष व्यापार घाटा बढे पनि आगामी वर्ष विस्तारै कम गर्दै लगिने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मुलुकमा ७६१ ओटा सरकार भएपनि ती स्वतन्त्र नभएको भन्दै यसमा बहस नगर्न सुझाव दिए । सबै सरकार संघ मातहतकै हुने तर अधिकारका विषयमा केही विवाद भए अन्तरप्रदेश परिषद्को बैठकमा छलफल गरी समाधान गरिने जनाएका छन् ।

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको, सुन तस्करीलगायतका विषय नियन्त्रणमा आइसकेको, सार्वजनिक जग्गा अतिक्रमण रोक्नेलगायतका विषयलाई सरकारले प्राथमिकतामा राखेको समेत जनाएका छन्।

LIC
LIC
LIC



Ime Inside