प्रकाश सपुतले ल्याए ठेट नेपाली शब्द समेटिएको ‘लुरुरु हुरुरु’, पहिलो दिनमै एक लाख भ्यूज
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७६ बैशाख २२, आईतबार (४ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
३६५ पटक पढिएको
काठमाडौं, बैशाख २२ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ ।
प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् ।
सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । पहिलो दिन नै गीत भाइरल बनेपछि निर्माण टिम उत्साहित बनेको छ ।
‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौं सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरुले अत्याधिक मन पराउने विश्वास लिएका छन् ।
यसैगरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकहरुको माया पाउने आशा गरेकी छिन् ।
भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा