भर्खरै

यहाँ छ विश्वमै नभएको रहस्यमयी चट्टान, हरेक ३० बर्ष पछि दिन्छ अण्डा, वैज्ञानिक छन् आश्चर्यमा



विश्व अचम्म–अचम्मका चिजहरुले भरिएको छ । तपाईले अहिलेसम्म पंक्षी वा जनावरहरुले मात्र अण्डा दिएको देखेको र सुन्नु भएको होला तर के तपाईले कहिले सपनामा पनि सोच्नु भएको छ कि कुनै पहाडको चट्टानले पनि अण्डा दिन सक्छ ?

चिन विश्वको एउटा यस्तो देश हो, जो आपनो अद्धभुत चिजहरुले विश्वमा चिनिन्छ । यहाँ हरेक गल्लि गल्लिमा केही न केही अचम्मका चिजहरु देख्न सकिन्छ । हरेक एउटा देशमा केही न केही चिज यस्तो हुन्छ जुन कुनै पनि देशसँग मेल खादैन । यस्तैमा चिनमा एउटा अचम्मको चट्टान फेला परेको छ जसले तपाईलाई आश्चर्य चकित बनाउनेछ ।

चिनको दक्षिण पश्चिमको गिझोउ प्रान्तमा एउटा चट्टान छ जसको उचाई करीब २० मिटर र लम्बाई ६ मिटरको छ । यो चट्टानलाई चिनमा चन दन या को नामबाट चिनिन्छ । यो चट्टानको रंग कालो छ र यहाँ हरेक ३० बर्षमा अण्डाको आकार भएको पत्थर खस्ने गर्दछ ।

यो कुरालाई लिएर यो देश आज पुरै विश्वमा चर्चाको केन्द्र बनेको छ । यो चिल्लो अण्डा पहिला त एउटा चट्टानमा टाँसिएर बसेको हुन्छ तर केही दिन पछि यो अण्डा भुईमा झर्ने गर्दछ । यो चट्टानले ठुला–ठृला वैज्ञानिकहरुको दिमागलाई हल्लाएको छ ।

यो चट्टानको नाम चन दन या हो । नेपालीमा यसको मतलब अण्डा दिने पत्थर हुन्छ । यो पत्थरबाट निक्लने अण्डालाई स्थानीय मानिसहरु यसलाई खुशीको प्रतिकको रुपमा मान्दछन् । यो अण्डा जब जमीनमा खस्छ तब गाउँलेहरु यसलाई आफनो घरमा लैजान्छन् । यो एउटा कालो तथा चिसो चट्टान हो, जुन कैयौ क्षेत्रमा साधारण रुपमा पाइन्छ । तर यसले अण्डा दिने खबर, आज पुरै विश्वमा एउटा चर्चाको केन्द्र बनेको छ । साथै यी चट्टानको बदलिदो रुपले वैज्ञानिकहरुलाई पनि चिन्तित बनाइराखेको छ ।

भु–वैज्ञानिकका अनुसार यो चट्टान ५०० मिलियन बर्ष पहिलाको हो । यो चट्टानलाई वैज्ञानिकहरुले क्याम्बियन समयको मानेका छन् । यी पत्थरहरु पहाडको विशेष भागबाट बनेको थियो । विशेषज्ञका अनुसार, मौसम र पर्यावरणमा समय–समयमा आएको बदलावको कारण यी चट्टानहरुलाई पनि कहिलेकाही उच्च तापमान, त कहिलेकाही निकै चिसो मौसम झेल्नु पर्दछ, जसको कारण यसको संरचना र तत्वो बदलिएको देख्न सकिन्छ । यही कारण यो पत्थरमा कैयौ प्रकारका आकृतिका उम्रने गर्दछ । यद्यपी, अहिलेसम्म यो कुराको खुलासा तथा कसैले पनि पत्ता लगाउन सकेका छैनन कि यो चट्टानमा यो अण्डाकार र चिल्लो आकृति कसरी बन्छ ।

LIC
LIC



Ime Inside