सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जापानको एउटा एयरोस्पेस स्टार्टप कम्पनिले अन्तरिक्षमा एउटा छोटो रकेटको सफलतापुर्वक प्रक्षेपण गरेको छ । इंटरस्टेलर टेक्नोलोजी कर्पोरेशनका अनुसार, मानवरहित मोमो–३ रकेट प्रशांत महासागरमा खस्नुुभन्दा पहिला १०० किलोमिटर भन्दा धेरै माथि पुगेको थियो ।
कम्पनिले एउटा ब्यावसायीक रकेट अन्तरिक्षसम्म पुग्न सक्ने दाबी गरेका छन् । १० मिटर लामो र ५० सेन्टिमिटर ब्यास भएको यो रकेटको तौल लगभग एक टन छ । रकेट पेलोड (अन्तरिक्ष उपकरण) लाई कक्षमा छोड्न सक्षम भएको दावी गरीएको छ ।
लाइभडोर कम्पनिका पुर्व अध्यक्ष ताकाफुमी होरीद्धारा २०१३ मा स्थापीत यो कम्पनिको उदेश्य उपग्रहलाई अन्तरिक्षमा लैजानको लागी कम लागत लाग्ने ब्यवसायीक रकेट कनाउनु भएको बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा