सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तपाईले इमान्दार जनावरहरुको कहानि त सुन्नु भएकै होला । कैयौ ठाउँमा मानिस भन्दा धेरै जनावर वफादार हुन्छन् । इमान्दार जनावर मध्ये सबैभन्दा अगाडि कुकुरको नाम आउने गर्दछ । मानिसहरु कुकुरलाई घरमा यो कारण पाल्छन कि अप्ठेरोको समय उ आफनो मालिकलाई मद्यत गरोस् । जनावरहर बोल्न र बुझ्न सक्दैनन् तर, उनीहरुको अन्तरआत्मामा पनि भावनाहरु हुन्छन् र जनावरले हामीलाई अप्ठेरो परेको समयमा मद्यत पनि गर्छन ।
इमान्दारको कुरा गर्ने हो भने कुकुरभन्दा इमान्दार घरमा पालिने पंक्षी सुगा हुन्छ । सुगाले पनि कुकुरभन्दा कैयौ गुणा इमान्दारीता निभाउने गर्छ, र समस्यामा मालिकसँग उभिने पनि गर्दछ ।
यस्तैमा एउटा इमान्दार सुगाको चर्चा ब्राजीलमा धेरै भईरहेको छ । उत्तरी ब्राजीलमा एउटा इमान्दार सुगाको कामले यी दिनहरुमा सोशल मिडियामा धेरै नै भाइरल भईरहेको छ । सुगा आफनो मालिक प्रति यति धेरै इमान्दार निस्क्यो कि प्रहरीको लाखौ कोशिशपछि पनि उसले आफनो मुख समेत खोलेन । वास्तवमा यहाँ ड्रग्स तस्कर विरुद्धको कारर्वाहीको दौरान प्रहरीले एउटा सुगालाई पक्राउ गरेको छ ।
तस्कर (मालिक) ले सुगालाई यसरी प्रशिक्षित गरेको थियो कि जब प्रहरी आउथ्यो तब सुगाले पुलिस आयो, पुलिस आयो भनेर अलर्ट गर्ने गर्दश्यो । प्रहरी अधिकारीको टिमले गएको सोमबार पियाउ स्टेटमा ड्रग्स तस्करको आशंकामा छापा मारेको थियो । यो पटक पनि सुगाले आफनो मालिकलाई पुलिस पुलिस भन्दै अलर्ट गर्ने कोशि गरेको थियो तर प्रहरीले तस्करसँगै सुगालाई पनि पक्राउ गर्यो । प्रहरीले अहिलेसम्म सुगाले कुनै पनि कुराको जानकारी नदिएको र चुप लागेर बसेको बताएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा