सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनरत इन्जिनियरलाई तत्काल काममा नफर्के कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
बिहीबार प्राधिकरणका इन्जिनियरले सामूहिक राजीनामा दिएको घोषणा गरे लगत्तै ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत तत्काल काममा नर्फकिए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन ।
उहाँले प्राविधिकका मागहरु पूरा भइसकेको प्राविधिकहरुका मागहरु पूरा भइसकेको र त्यसबारे नेपाल इन्जनियर्स एशोसियसनका पदाधिकारीहरुको उपस्थितिमा प्राविधिकहरुलाई जानकारी समेत गरेको बताएका छन् ।
प्राविधिकहरुका मागहरु पूरा भइसकेका छन् । त्यसबारे नेपाल इन्जनियर्स एशोसियसनका पदाधिकारीहरुको उपस्थितिमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं । पछि राजीनामा दिएको भन्ने कुरा आएको छ । अब तत्काल काममा नफर्किए कडा कदम चाल्न हामी बाध्य हुनेछौं । https://t.co/SPefNhkmRk
— Sushil Gyewali (@Sushilgyewali) April 26, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा