सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अगिल्लो महिनाबाट शुरु हुने विश्वकप क्रिकेटको लागी पुरै विश्वभरका खेलाडीहरु कम्मर कसेर अभ्यासमा जुटेका छन् । ३० मे महिनाबाट इङ्गल्याण्ड र वेल्समा शुरु हुन लागेको विश्वकप क्रिकेटको लागी सबै टिमले आफनो–आफनो खेलाडीहरुको घोषणा गरेका छन् ।
यस्तैमा बांग्लादेशका बायाँ हातका ब्याट्सम्यान सौम्य सरकारले रेकर्ड बनाएका छन् ।
सरकारले ढाका प्रीमियर लिगको २० औ सीजनको एउटा प्रतिस्पर्धामा २०८ रन बनाए । यसको साथै सौम्य लिस्ट–ए क्रिकेटमा दोहोरो शतक जोड्ने पहिलो बांग्लादेशी ब्याट्सम्यान बनेका छन् ।
सौम्यले बांग्लादेशमा खेलीएको ढाका प्रीमियर लीगको एक म्याचमा दोहोरो शतक लगाएका छन् ।
अबहानी लिमिटेडको लागी खेल्दै सौम्य सरकारले शेख जमाल धनमोंडी क्लब बिरुद्ध १५३ बलमा अभिजित २०८ रन बनाए । यो पारीमा सरकारले १४ चौका र १६ छक्का प्रहार गरेका थिए । यही पारीको लागी सौम्य सरकारलाई प्लेयर अफ द म्याच चुनिएको थियो ।
म्याचमा शेख जमाल धनमोंडी क्लबले टस जितेर पहिला ब्याटिङ गर्दे निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै ३१७ रन बनाएको थियो ।
३१८ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रेको अवहानी लिमिटेडको टिमले ९ विकेट र १७ बलमा शेष रहदै लक्ष्य हासिल गर्यो । अबहानीको तर्फबाट सौम्य सरकारले २०८ र जहरुल इस्लामले १०० रनको पारी खेले र पहिलो विकेटको लागी ३१२ रनको साझेदारी गरे ।
सरकारको यो धमाकेदार पारीको मद्यतले अबाहानी लिमिटेडले केबल म्याच मात्र जितेनन् ढाका प्रिमियर लिगको उपाधि पनि आफनो नाममा गरे ।
लिस्ट–ए क्रिकेटमा दोहोरो शतक जमाउने काम केबल केही ब्याट्सम्यानहरुले मात्र गरेका छन् । यही वनडे इन्टरनेशनल क्रिकेटमा ६ ब्याट्सम्यानले नै यो उपलब्धि हासिल गर्न सकेका छन् । रोहित शर्माको नाम वनडेमा ३ दोहोरो शतकको रर्कड छ ।
सौम्य सरकार इङ्गल्याण्ड मा हुन लागेको वल्र्ड कपको लागी बांग्लादेशको टिम १५ सदस्यीय टिममा पनि परेका छन् । यस्तैमा सरकारको यो पारी बांग्लादेशको टिमको मनोबल बढ्नमा प्रभावकारी हुन सक्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा