सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, बैशाख १३ । नेपालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि देशभरि मनाइँदैछ ।
अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको छ। २०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए ।
वृद्धवृद्धालाई भत्ता दिनेलगायत उहाँको ९ महिने कार्यकालमा गरिएका कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।
२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए ।
मनमोहन अधिकारी नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुन । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए ।
२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ९ महिने सरकारको रूपमा चिनिन्छ ।
काठमाडौंको लाजिम्पाटमा वि.सं. १९७७ जेष्ठ २८ मा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन ।
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । यिनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।
१९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये यिनी पनि एक थिए । बांग्लादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि यिनी पक्राऊ परेका थिए। उनको मृत्यु पछि, माधवकुमार नेपाल उनको पार्टीको नेताको रूपमा आए।
अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा