सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख १० । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ।
लामो समयदेखि क्यान्सर र निमोनियाबाट पिडित नेता ताम्राकारको उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे अल्का अस्पताल ललितपुर निधन भएको हो।
पछिल्लो समय निमोनिया देखिए पछि चैत अन्तिम साता अल्का अस्पताल ललितपुरको आइसीयुमा भर्ना गरिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत भएका ताम्राकार वि.सं २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका ताम्राकार गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र समेत मानिन्थे। ताम्राकारले विभिन्न समयमा स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय समेत सम्हालेका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा