सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ईस्टरको मौकामा भएको बम आक्रमणले श्रीलंकाको जनजिवन आइतबार विहानदेखी त्रासदीपुर्ण अवस्थाबाट गुज्रिएको छ । पुरै विश्व नै यो आक्रमणको कडा निन्दा गरिरहेको छ । आक्रमणमा करिब २९० मानिसहरुको मुत्यु भएको छ भने ५०० भन्दा बढि घाइते भएका छन् । अहिलेसम्म कसैले पनि यो आक्रमणको जिम्मा लिएको छैन । यद्यपी, शंकाको भरमा २४ जनालाई पक्राउ गरीएको छ । प्रहरीले एएफसी लाई दिएको जानकारी अनुसार २४ जनालाई कोलंंबो तथा त्यसको आसपासबाट पक्राउ गरेको बताएको छ ।
यो आक्रमणको पछाडि तौहिद जमात संगठनको नाम अगाडि आइरहेको छ । यो एक इस्लामिक संगठन हो । यसको नाम आतंकी घटनाहरुमा जोडिने गरेको छ । यी आक्रमण भन्दा पहिला श्रीलंकाका मुख्य प्रहरी अधिकारीले चेतावनी दिएको थियो कि देशभरको चर्चलाई निशाना बनाउन सक्छ ।
प्रहरी मुखिया पूजुथ जयसुद्राले ११ अप्रिलमा श्रीलंकाका वरिष्ठ अधिकारीलाई चेतावनी दिएका थिए । आफुले पठाएको अलर्टमा उनले लेखेका थिए विदेशी खुफिया विभागबाट मिलेको जानकारी अनुसार नेशनल तौहिद जमात (एनजीटि) नामको संगठन आत्मघाती आक्रमणको तयारी गरीरहेको छ । आइतबार भएको आक्रमण ठिक त्यस्तै छ जसलाई इस्लामिक संगठनले गर्ने गर्दछ ।
श्रीलंकाको पुर्वी प्रान्तमा श्रीलंका तौहिद जमात (एसएलटीजे) को उपस्थिती छ जो महिलाहरुको लागी कानुन र मस्जिदहरुको निर्माणमा जोड दिन्छ र सांप्रदायिक सन्देशहरुलाई प्रशारीत गर्दछ । यो आक्रमणको प्रकृति पनि २०१६ मा बंग्लादेशको ढाकामा होली आर्टिसन बेकरीमा भएको आक्रमण जस्तै रहेको बताइएको छ । यसलाई त्यहाँका स्थानीय युवाहरुले घटना घटाएका थिए तर युवाहरुलाई इस्लामिक स्टेटले सो घटनाको लागी प्रशिक्षण दिएको थियो ।
आक्रमण गराउनको लागी ईस्टरको दिनलाई चुनिएको छ जसबाट स्पष्ट हुन्छ कि उनीहरुको निशाना ईसाई धर्मको मानिसहरु थिए । तौहिदको हात यो आक्रमणको पछाडि छ वा छैन यो अहिलेसम्म पुष्टि भने भएको छैन । जाँचबुझ पछि नै स्पष्ट हुनेछ तर यो संकेत छ कि जिहादी आतंकवाद श्रीलंकामा आफनो प्रवेश गरेको उदाहरण यो पनि हुन सक्छ ।
एसएलटीजेको गतिविधिलाई बौद्ध धर्मका अनुयायीले विरोध गरेका थिए जसको कारण बौद्ध र मस्लिम बिच तनावको स्थित बढ्दै गएको थियो । शुरुवाती आकलनले यो पत्ता लागेको छ कि आक्रमणलाई श्रीलंकाको स्थानीय मुस्लिमले घटाएका हुन् । तर विशेषज्ञका अनुसार यसलाई बाहिरी शक्तिको सहयोग तथा समर्थन विना घटना घटाउनु मुस्किल छ ।
के हो तौहिद जमात संगठन ?
तौहिद जमात एक इस्लामिक चरमपंथ संगठन हो । यो बाहिरी प्रचार प्रसारको लागी चिनिन्छ । यसको उपस्थिति श्रीलंकाको पुर्वी प्रान्त तिर बढि रहेको छ । यो यहाँ कट्टरपंथी सन्देशको प्रसारको लागी महिलाहरुलाई बुर्का पहिराउन तथा मस्जिद निर्माणसँगै शारिया कानुनलाई अगाडि बढाउनमा अगाडि बढेको छ । यो संगठनले पछिल्लो बर्ष बौद्ध मुर्तिहरुलाई तोडफोड गरेको थियो । पछिल्लो खबर अनुसार यो आक्रमणमा सीरिया बाट फर्केका आईएस आतंकी संगठन जोडिएको हुनसक्ने आशंका गरीएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा