सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आईपीएल २०१९ श्रेयस अथ्यरले कप्तानी गरेको दिल्लि क्यापिटल र अश्विनको कप्तानीमा रहेको किंग्स इलेवन पंजावको बिच दिल्लिको फिरोजशह कोटला मैदामा आइपीएलको ३७ औ म्याच खेलिएको छ । यो म्याचमा दिल्लिका कप्ता श्रेयसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङ गर्दे पंजाबले निर्धारित २० ओभरमा सात विकेटमा १६३ रन बनाए । दिल्लिले आफनो जित दर्ता गर्न १६४ रन बनाउनु पर्ने हुन्छ ।
इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जबीचको खेलमा नेपाली क्रिकेटर सन्दीपले तीन ओभर बलिङ गर्दा तीन विकेट लिएका छन् । व्यक्तिगत पहिलो ओभरमा सन्दीपले केएल राउललाई १२ रनमा आउट गरे भने तेस्रो ओभर बलिङमा उत्रेका सन्दीपले १२.२ ओभरमा गेललाई आउट गरे। गेल ३७ बलमा ६९ रन बनाएर आउट भएका हुन्। १२.६ मै सन्दीपले एसएम कुरानलाई पहिलो बलमै आउट गरे।तीन ओभर बलिङ गर्दा सन्दीपले तीन विकेट लिएर ३३ रन मात्र दिएका छन्।
पंजाबका् शुरुवात खासै राम्रो भएन, पंजाबको पहिलो विकेछ १३ रनमा नै झर्यो । दिल्लिको स्पिनर संदिप लामिछानेले पंजाबका ओपनर ब्याट्सम्यान लोकेश राहुललाई १२ रनमा नै आउट गरे । संदिपको बलमा राहुल लाई रिषभ पंतले स्टंप आउट गरे । तेस्रो नंम्बरमा ब्याटिङ गर्न आएका मयंक अग्रवाल पनि सस्तैमा आउट भए ।
उनी रबादाको बलमा जेम्स रदरफोर्डको हातमा क्याच आउट भए । पंजाबको तेस्रो विकेट डेविड मिलरको रुपमा गिर्यो । उनी अक्षय पटेलको बलमा पृश्वी शाँ को हातबाट क्याच आउट भए । मिलरले ५ बलमा ७ रन बनाए । क्रिस गेलले ६९ रनको पारी खेले र उनलाई पनि सन्दिप लामिछानेले आउट गरे । सैम कुर्रन लाई पनि लामिछानेले आफनो बलमा क्याच आउट गराए । पंजाबका कप्तान आर आश्विन तेज बलर कगिसो रबादाको शिकार भए । हरप्रीत बरार २० जबकी विल्नो २ रन बनाएर नाबाद रहे ।
दिल्लिको लागी सन्दिप लामिछाने तिन, रबादा र अक्षय पटेलले २÷२ विकेट लिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा