सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख २ । समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता” भन्ने नेपाल सरकारको अभियान अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स सरल बचत खाता” सार्वजनिक गरेको छ । बैकले बैशाख १ गतेबाट लागु हुने गरिे यो योजना सर्वजनिक गरेको हो । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकको तर्फ बाट रु १००ं खातामा राखिदिने ब्यवस्था गरिएको छ ।
सुरुमै १०० रुपैयाँ खातामा पाउने “सिटिजन्स सरल बचत खाता” सबै नेपालीहरूको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ % ब्याजदर प्रदान गरिने छ । बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।
“सिटिजन्स सरल बचत खाता” मा भिजा डेविड कार्ड, अन्तर शाखा कारोबार एटिएम, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा (मोबाईल बैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडि सेक्युर प्रविधिमा दर्ता, लगायत अन्य सेवाहरू जस्ता अनेकन सेवाहरू उपलब्ध छन् ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा