सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २८। आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ।
आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।
आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७४० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा