सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २६। लगातार उकालो लाग्दै गएको शेयर बजारमा आज (मंगलबार) ओरालो लागेको छ । आज (मंगलबार) बजार दोहोरो अंकले घटेको हो । यद्यपी कारोबार रकमको उत्साहजनक अवस्थाले बजार ‘करेक्सन’ मात्र भएको संकेत गरेको छ ।
नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.५८ अंकको गिरावट आएको हो । योसँगै बजार परिसुचक नेप्से ११८१.१० अंकमा अडिएको छ।
कूल १७० कम्पनीका २७ लाख ८९ हजार कित्ता शेयरहरु ७ हजार ८० पटक किनबेच हुँदा ७३ करोड ५१ लाख रुपैंयाको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै १७ करोड रुपैंयाले घटेको हो । सोमबार नेप्सेमा ९० करोड रुपैंयाभन्दा बढीको कारोबार भएको थियो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ विन्दुले घटेर २५२.८१ विन्दुमा पुगेको छ । बैंकिङ ९.६, होटल ०.९१, विकास बैंक ५.४८, जलविद्युत् ७.९, वित्त ०.५८, निर्जीवन बीमा ९३.६१, उत्पादन ३६.३२, अन्य २.७५, लघुवित्त १४.५८ र जीवन बीमा ८३.०२ विन्दुले घटेको छ ।
कारोबारका आधारमा आज कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७७ लाख ७९ हजार १६५, नेको इन्स्योरेन्स रु पाँच करोड ७५ लाख ४९ हजार ५०६, एनआइसि एशिया रु चार करोड ९९ लाख १९ हजार ३६१, गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड ८४ लाख ६७ हजार १५५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७२ लाख ३५ हजार ४२, एनएमबी बैंक रु तीन करोड ३८ लाख २६ हजार ७६५ र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई करोड ५६ लाख १३ हजार २१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले ९.५२ प्रतिशतले कमाएका छन् । उन्नती माइक्रोफाइनान्स ५.८८, सिन्धु विकास बैंक ५.४७, आँखु खोला जलविद्युत् कम्पनी ३.८५, रिलायन्स फाइनान्सका शेयरधनीले २.५६ प्रतिशत कमाए । यस्तै जोशी हाइड्रो पावर ८.१२, घलेम्दी ८.१०, एनएमबी माइक्रोफाइनान्स ७.०४, पञ्चकन्या माइ हाइड्रोपार ६.०३, र शिवम सिमेन्टका शेयरधनीले ५.७७ प्रतिशतले गुमाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा