भर्खरै

सुनको मुल्य बढ्यो, कति छ आज हेर्नुस्


 April 9, 2019     सेतो खबर

काठमाण्डौँ, चैत्र २६। आज (मंगलबार) सुनको मूल्य उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो ।

 

LIC
LIC



Ime Inside