सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २५ । सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् ।
बैककोे आइतबार बसेको २९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
हालको सिईओ गणेशराज पोखरेल बैंकको सिईओ पदमा हालै नियुक्त भएसँगै उक्त पद रिक्त थियो । देवकोटाले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएको छ ।
सिटिजन्स बैंकमा आबद्ध हुनु अगाडी देवकोटा नेपाल बैंक लिमिटेडको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्य कुशलता प्रदर्शन गरि सकेका छन् । देवकोटाले बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव बटुलि सकेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा