सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २४। साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार १७.१६ अंकको बढोत्तरीमा बन्द भई ११८२.३६ बिन्दुमा उक्लिएको छ । बजार तिब्र गतिमा उकालो लाग्दा वाणिज्य बैंक समुहले धेरै टेवा दिएको छ । १६८ कम्पनीका १८ लाख ८७ हजार ३७३ कित्ता शेयर ५४ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको बजारमा एनआईसी एशिया बैंकको शेयरमा अधिक कारोबार चाप देखिएको छ।
कारोबार आएका १० वटा उपसमुहहरु मिश्रीत देखिएका छन् । पाँच वटा उपसमुह उकालो लाग्दा ५ वटा उपसमुहमा गिरावट आएको छ। यस क्रममा बैकिङ्ग समुहको सुचक सबैभन्दा धेरै अर्थात २८.१९ अंकले बढेको छ। यस्तै विकास बैंक १४.९९, होटल १३, फाइनान्स १.७८ र जीवन बीमा ०.१२ अंकले उकालो लागेका छन्।
यता निर्जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै अर्थात १९.२१ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.७५ र माइक्रोफाइनान्स ०.९५ अंकले घटेका छन् । केही दिनदेखि तिब्र गतिमा उकालो लागिरहेको एनआईसी एशिया बैंकको शेयर मूल्य आइतबार पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ । ४४० रुपैंयाप्रतिकित्ताको दरमा कारोबार सुरु भएको एनआईसी एशियाको प्रतिकित्ता शेयर मूल्य ४७२ रुपैंयासम्ममा उक्लिएर ४६८ रुपैंयामा बन्द भएको छ ।
कारोबार रकमका आधारमा पनि एनआईसी एशिया बैंक पहिलो स्थानमा बसेको छ । साढे ६ करोड भन्दा बढीको शेयर कारोबार भएको एनआईसी एशिया कारोबार भएको शेयर संख्याका आधारमा पनि पहिलो स्थानमा बसेको छ । कारोबार संख्याका आधारमा पनि एनआईसी एशिया बैंक पहिलो स्थानमा छ । आइतबार कारोबारमा आएका उप सूचकमध्ये बैंकिङ्ग समूहको धेरै रकमको शेयर कारोबार भएको छ । ५४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा बैंकिङ्ग समुहको मात्रै २५ करोड ३५ लाख भन्दा बढीको कारोबार भयो ।
एनएमबि बैंकको ३ करोड २८ लाख रुपैयाँ बरारबरको शेयर कारोबार भएको बजारमा सानिमा माई हाइड्रोको २ करोड ५५ लाख रुपैंयाभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस पछि प्रभु बैंक, एनसीसी बैंक र प्राईम बैंकको पनि २ करोडभन्दा बढी रकमको शेयर कारोबार भएको छ । नेपाल बैंक, नबिल, बीओके र एभरेष्ट बैंकको पनि डेढ करोड रुपैंयाभन्दा बढीको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा शिर्ष १० कम्पनीको सूचीमा सानिमा माई हाइड्रो बाहेक ९ वटा बैंकहरुको अधिक शेयर कारोबार भएको हो ।
आइतबारको बजारमा एनआइसि एशिया बैंकको शेयरमूल्य अधिक बढ्दा युनिभर्सल पावरको शेयरमूल्य अधिक गिरावट सहित ९८ रुपैयाँमा झरेको छ । किसान माइक्रोफाइनान्स, कुमारी बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेको बजारमा बीओके, सनराइज बैंक पनि धेरै शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा परेका छन् ।
युनिभर्सल पावरको शेयर मूल्य १० प्रतिशतले घटेको बजारमा सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त, चौतारी लघुवित्त, नेपाल सेवा लघुवित्त लगायत कम्पनीको शेयर मूल्य पनि धेरै घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा