सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो २ बर्षदेखी फेसबुकका युजर्सहरुको डाटा लिक हुनु साधारण कुरा भएको छ । अब सेक्युरीटि रिसर्चर्सले फेसबुकका करौडौ युजर्सको डाटा लीक भएको खुलासा गरेका छन् । सेक्युरीटि फर्म अपार्डले आफनो एक रिपोर्टमा फेसबुक युजर्सको करीब ५४ करोड रेकर्डस् (डाटा) थर्ड पार्टी पब्लिक सर्भरमा अपलोड गरिएको छ ।
अपगार्डको रिपोर्टमा फेसबुकको ५४ करोड डाटा दुई वटा थर्ड पार्टी कम्पनिले अमेजनको सर्भरमा अपलोड गरीदिएको दावी गरेको छ । अमेजनको सर्भरमा अपलोड डाटामा फेसबुक युजर्सको पुरै प्रोफाइलको जानकारी रहेको छ । विचार गर्नुपर्ने कुरा क छ भने सर्भरमा युजर्सको लाइक, कमेन्ट र पासवर्ड पनि स्टोर गरिएको छ र यो पब्लिक सर्भर हो जसलाई जो–कोहीले सजिलै डाउनलोड गर्न सक्दछन् ।
रिपोर्ट अनुसार एक कम्पनिले १४६ जीबी डाटा स्टोर गरेको छ जसमा युजर्सको नाम, लाइक्स र कमेन्ट्स सहीत कैयौ जानकारी समावेश छ । यता अर्को कम्पनिले २२ हजार मानिसहरुको डाटा स्टोर गरेको छ । हुनत अहिलेसम्म यो कुरा स्पष्ट हुन सकेको छैन कि यो डाटा लिकबाट कति फेसबुक युजर्सको जानकारी लीक भएको छ । लीक भएको जानकारीमा फेसबुक युजर्सको फ्रेड्स लिस्ट पनि छ ।
यता अपगार्डले यो पनि भनेको छ कि डाटा लीक गर्ने कम्पनिले यसमा कुनै पनि बयान दिएको छैन भने न त डाटालाई सर्भरबाट हटाएको छ, यद्यपी टेक क्रंचको रिपोर्ट अनुसार फेसबुकले अमेजनसँग आफनो सर्भरबाट आफनो डाटा हटाउनको लागी भनेको छ । यता, फेसबुकले यो पनि भनेको छ कि डाटा लिक भएको कुनै पनि प्रमाण अहिलेसम्म प्राप्त भएको छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा