सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको शंघाई शहर ५जी कनेक्टिभिटि भएको विश्वको पहिलो शहर बनेको छ । ४जीको तुलनामा ५जी को स्पीठ १० देखी १०० गुना बढि हुन्छ । यसबाट १ जीबीको फिल्म ५ सेकेन्डमा डाउनलोन हुनेछ । नम्बर नबदलिदा पनि युजर्सले ५जीको सुविधा पाउनेछन् ।
चिनको सरकारी समाचारपत्रले दावी गरेको छ कि २.६३ करोडको जनसंख्या भएको शंघाईमा ५जी नेटवर्कको सफल परिक्षण गरीसकीएको छ । शनिवार यो सेवालाई शंघाईको हांग कांग मा पनि शुरु गरीयो । चाइना मोबाइलका उपाध्यक्ष जियान किनका अनुसार, ५जी बाट शहरमा इन्टरनेटसँग जोडिएका ट्याक्सिको कारोबार र स्वास्थ्य सम्बन्धि प्रविधिमा विकास हुनेछ ।
किनले भनेका छन् कि यो सेवाले शहरलाई स्मार्ट बनाउनमा मद्यत मिल्नेछ । शंघाई लाई स्मार्ट बनाउनको लागी यो समय १०० भन्दा धेरै कम्पनिहरु अलग–अलग प्रविधिमा काम गरीरहेका छन् । जसको कारण शहरको औद्योगीक उत्पादन १.०३ लाख करोडसम्म पुग्ने आशा गरीएको छ । यसको लागी अगिल्लो बर्ष शंघाईमा १० हजारभन्दा धेरै ५जी बेस स्टेशन बनाइनेछ । २०२१ सम्म यो संख्या ३० हजार सम्म पुर्याउने लक्ष्य राखिएको छ ।
रिपोर्ट अनुसार, चीनीया कम्पनि हुवावेको ५जी परिक्षणको कारण अमेरीका सहित कैयौ देशमा उसले विरोधको सामना गर्नु परीरहेको छ । अमेरीकाले जासुसीको लागी चीनले हुवावेको प्रयोग गर्न सक्ने बताउदै आएको छ । यही कारण चिनको आउँदो पिढि मोबाइल नेटवर्कद्धारा अमेरीकालाई पछाडि पार्नमा लागीपरको छ ।
५जी नेटवर्कको लन्चिङको मौकामा शंघाईका उप–महापौर वू किंगले हुवावे को विश्वको पहिलो फोल्डेबल ५जी फोन मेट एक्सबाछ भिडियो कल गरे । उनले शहरको दोस्रो ठाउँमा भएका ब्यक्तिसँग भिडियो कलबाट कुरा गरे । यो कलको क्वालिटि हाई डेफिनेशन थियो । ५जी नेटवर्कद्धारा केवल ५ सेकेन्डमा एक जीबी देखी १ टीबी सम्मको डाटा डाउनलोन गर्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा