सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र १२ । रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रा.लि. हो ।
१ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ । यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ । नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन
महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथल भूभागमा परिक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीले दावी गरेको छ । हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीको जनाएको छ ।
ग्राहकको आकर्षणका लागि कम्पनिले मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा विक्री सुरू गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा