सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतमा पबजीलाई लिएर पुरै विश्वको तुलनामा धेरै नै विरोध भईरहेको छ तर पनि पबजी खेल्नेको संख्यामा कमी आएको छैन । गुजरातमा पबजी मनाहीको बाबजुद पनि खेलेको आरोपमा १६ जनालाई अहिलेसम्म पक्राउ गरीएको छ । तेलंगानामा ४५ दिनसम्म लगातार पबजी खेल्दा एक जना २० बर्षिय युवाको मुत्यु भएको छ ।
मिडिया रिपोर्ट अनुसार, युजाक तेलंगानाको जगतियाल शहरमा बस्ने एक स्कुल छात्र थिए र उसको उमेर केबल २० बर्षको थियो । मृतक छात्र ४५ दिनदेखी लगातार पबजी खेलीरहेका थिए । लगातार पबजी खेलेको कारण उसको गर्दन धेरै नै दुख्यो र उसलाई अस्पतालमा भर्ना गराइएको थियो । जहाँ उसको उपचारको क्रममा मुत्यु भयो ।
डाक्टरका अनुसार लगातार गेम खेल्दा उसको गर्दनको नसा विग्रिएको थियो, भने अन्य एक रिपोर्ट अनुसार, छात्रको मुत्यु पबजी खेलेर होइन बीरामी भएर भएको भनिएको छ ।
पबजीलाई लिएर भारतमा कैयौ ठुला घटनाहरु भईसकेको छ जसमा पिताको एकाउन्टबाट ५० हजार रुपैया गायबदेखी पबजी खेल्नको लागी मोबाइल नपाउदा आत्महत्यासम्मको घटना समावेश छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा