सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गजल
माया पाउने आशमा डर पुजिन्छ,
महल होईन सधै झुपडी पुजिन्छ
आफनो सुन्दर आगन भएपनि,
बाध्यताले खोलिको बगर पुजिन्छ
मेहनत नगरी फल पाउने हुदा,
अगरबत्ती लिएर अबसर पुजिन्छ
दिमाखमा शब्दको भण्डार बनाउनको निम्ति,
हर दिन हर रात अक्षर पुजिन्छ
घरमा भगवानको रुपमा आमा बुवा हुदा पनि,
मन्दिरमा गई एक बिहानै भित्ताको पथ्थर पुजिन्छ
– रमेश बहादुर बिष्ट
अछाम कमलबजार नगरपालिका ५ कुईका
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा