सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र १०। कोरिया बैदेशिक रोजगारीको लागि नेपालीका लागि आकर्षक गन्तब्य रहँदै आएको छ । कोरियन भाषा परीक्षाको लागि हालसम्म ६५ हजारको आवेदन परेको छ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि उनीहरुको आवेदन परेको हो।
हालसम्म ६४ हजार आठ सय ९८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ।
कोरियाले यसपाली १० हजार ५० जना नेपालीलाई कोरिया लैजाने तयारी गरेको छ। कोरिया रोजगारीका लागि युवाले ईसेवा, आइएमई, ग्लोबल आईएमई बैंक, स्मार्ट बैंक, मोबाइल एप्सबाट समेत शुल्क बुझाएर अनलाइन फारम भर्न सक्छन् ।
कोरियन भाषा परीक्षाका लागि चैत्र १७ गते राति १२ बजेसम्म आवेदन दिन सकिन्छ। परीक्षा जेठ २५ र २६ मा तय भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा