सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शनु सहित ९ जना पक्राउ परेका छन्।
मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए।
ओलीसँगै अन्य ८ जना कार्यकर्ता पक्राउ परेको स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा