सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र ८ । कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आईसीयुमा उपचार हुँदै काठमाण्डौँ, चैत्र ८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । रगतमा हेमोग्लोबिनको कमी भएपछि उनलाई शुक्रबार साँझ धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना गरिएको हो।
सिटौलाको आईसीयुमा राखेर उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ। सिटौलाको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन्।
सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आइसियूमा भर्ना गरे उपचार गर्नु परेको अस्पताल स्रोतले जनाएको छ।
उनलाई कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापा, प्रदिप पौडल लगायतका भेटेका छन् भने अन्य नेताहरु पनि अस्पताm पुग्ने क्रम जारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा