सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / कैलाली, चैत ८ । कैलालीमा गत शनिबार बिहान मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ बस्ने ४५ बर्षिय हर्क बहादुर भण्डारीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार दुईजनालाई सार्वजनिक गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित महेन्द्र राजमार्ग भएर खैराना जाने भित्री सडक नजिक मृतक भण्डारीको शव बेवारिसे अवस्थामा फेला परेपछि कैलाली प्रहरीले हत्या भएको पुष्टि गर्दै हत्याराको खोजिकार्यमा सक्रियता बढाएको थियो ।
जिल्ला प्रहरी कैलाली प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) आभुषण तिमिल्सिनाले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै भण्डारीको हत्यामा संलग्न दुईजनालाई सार्वजनिक गर्नुभएको थियो । उहाँले हत्यारालाई सार्वजनिक गर्दै भण्डारीको हत्या बीभत्स तरिकाले भएको बताउनुभयो । पक्राउ परेका दुबैजनाले आफैले हत्या गरेको भनी स्वीकार गरिसकेको तिमिल्सिनाले बताउनुभएको छ ।
प्रहरीले पुन्टु भाट र गोबिन्द आउजीले मृतक भण्डारीको हत्या गरेको भन्दै सार्वजनिक गरेका छ । नागरिकतामा पुन्टु भाट नाम भएको बताउने पुन्टुको अन्य मुद्दाहरु धिरज भाट नामले चलेको समेत प्रहरीले खुलाएको छ । २४ बर्षिय भाट बैतडीकै दशरथचन्द नगरपालिका बस्कोटका नागरिक हुन तर उनी हाल कञ्चनपुर जिल्लाको लालबोझी गाउँपालिका वडा नम्बर २ चाँदेउमा बस्दै आएको प्रहरीले पत्ता लगाएको बताएको छ । भाटलाई ढुङ्गा, लाठी तथा खुट्टाले कुटपिट गरी भण्डारीको हत्या गरेको र पैसा लुटेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनी पहिला पनि चोरी र पकेटमारका रुपमा पक्राउ परिसकेका प्रहरीले खुलाएको छ । त्यस्तै हत्यामा संलग्न रहेका अर्का २३ बर्षिय गोबिन्द आउजीलाई भाटको संगै रहेर भण्डारीको हत्या गर्न मद्दत गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । आउजी गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरका बासिन्दा रहेको प्रहरीको भनाई छ । यिनिहरु दुबैजनाले भण्डारीको हत्या आफै गरेको भन्दै बयान दिइसकेको प्रहरीले जनाएको छ ।
भण्डारीको हत्या निकै होसियारी पुर्वक गरिएको प्रहरीको ठम्याई छ । प्रहरीका अनुसार मृतक भण्डारी रोकिएको बसपार्क नजिकैको होटेलमा भाट र आउजीले आफै पैसा तिरेर संगै मादक पदार्थ सेवन गराएका थिए । त्यसपश्चात भण्डारीलाई आफ्नो घरमा लिने भन्दै अटोमा चढाएर खैराना नजिक सानो जंगल छेउमा अटो रोक्न लगाएर भण्डारीलाई दुबै जनाले बाहिर तानेर सामान्य कुटपिट गर्दै पैसा लुटेर अगाडी गैसके पछि पुनः फर्केर आएर पछि चिनिने डरले ढुङ्गा, लाठी हानेर हत्या गरेका थिए । मृतकको शव निकै नराम्रो अवस्थामा भेटिएका प्रहरीले हत्या नै भएको पुष्टि गरिसकेको थियो र घटना भएको हप्ता दिन नबित्दै प्रहरी हत्यारा पत्ता लगाउन सफल समेत भएको छ ।
एसपी तिमिल्सिनाले शुक्रबार नै कैलाली जिल्ला अदालतबाट म्यात थप गरिसकेको र थप अनुसन्धान भैरहेको बताउनुभएको छ । उनीहरुलाई सबै कानुनी प्रक्रिया पूरा गरेर अदालतमा पेश गर्ने र कानुन बमोजिम अदालतले नै सजाय सुनाउने तिमिल्सिनाले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा