भर्खरै

शिक्षामन्त्री पोखरेल अस्पतालमा भर्ना, उनको स्वास्थ्यमा फुड प्वाइजनको समस्या


 March 22, 2019     सेतो खबर

काठमाण्डौँ, चैत ८। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बिहीवारदेखि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पोखरेललाई बिहिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार उनको स्वास्थ्यमा फुड प्वाइजनको समस्या देखिएको छ। बिहीवार पाटन अस्पताल भर्ना भएको मन्त्री पोखरेललाई शुक्रवार बिहान डिस्चार्ज गर्ने तयारी भएको थियो । तर, बिहीबार राती थप समस्या देखिएकाले उनको अस्पताल बसाई लम्बिने भएको हो ।

LIC
LIC
LIC



Ime Inside