सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो हप्ता जुभेंटस च्यापियन्स लिगको अन्तिम १६ औ जीत पछि अत्यन्त उत्साहित भएका क्रिस्टियानो रोनाल्डोलाई आफनो एक गल्ती महंगो परेको छ । जसको लागी यूईएफए द्धारा विहिवार क्रिस्टियानो रोनाल्डोमाथि २०,००० युरो यानी २२,७३८ डलरको जरिवाना लगाइएको छ ।
रोनाल्डोले जुभेंटस च्यापियन्स लीगमा एटलेटिको मेड्रिडको कोच डिएगो सिमोनको नक्कल गरेका थिए । यसपछि यूईएफएले कडाई गर्दे रोनाल्डो माथि जरिवाना ठोकेको छ ।
रोनाल्डोले पहिलो खेलमा आफनो टाई–विनिंग पेनाल्टि पछि कमर हल्लाउदै सिमोनको हाउभाउको नक्कल गरेका थिए । यो भन्दा पहिला अर्जेन्टिनाका फुटबलर सिमोनलाई पनि उनको उत्सवको लागी यूईएफए द्धारा २०,००० युरोको जरिवाना लगाइएको थियो ।
यो घटनामा सिमान ले आफनो प्रतिक्रिया दिदै म्याचपछि भनेका थिए “रोनाल्डोले देखेका होलान कि मैले वन्डा मेट्रोपोलिटानोमा यस्तो गरेका थिए र उनी पनि मेरो जस्तै गर्ने कोशिश गरिरहेका थिए ।”
विहिवार ९ महिनाको अनुपस्थिति पछि पोर्चुगल अन्तराष्ट्रिय ड्युटिमा फर्कन लागेका रोनाल्डोले पछिल्लो बर्ष रियल मड्रिडबाट १०० मिलियन युरोमा हस्ताक्षर गरे पश्चात जुभेंटसमा उनले २४ गोल गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा