सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, चैत्र ७ । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ ।
आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।
‘बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ’, उनले भने, ‘चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।’
स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए ।
चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उनले बताए । चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए ।
घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा प्रहरी चौकीबाट प्रहरी टोली तथा डिभिजन वन कार्यालयबाट गएको प्राविधिक टोलीले मृत चितुवालाई वन कार्यालयमा ल्याई गाडेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा