सरिता लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७५ चैत्र ७, बिहिबार (५ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
१०३ पटक पढिएको
काठमाडौँ, चैत्र ७ । यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन । बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन ।
अधक्ष्य पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन।
स्मरण रहोस उनि नेपाल चलचित्र कलाकार संघको ३० औ बर्षे ईतिहासमा पहिलो महिला महासचिब पदमा अत्याधिक बहुमतले बिजय गरेको पहिलो महासचिब हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा